Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २५ शनिबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका नेता कार्यकर्ताले गठबन्धनविरुद्ध बोल्दै हिँड्न मिल्दैन : बालकृष्ण खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २५ शनिबार १७:०१:००

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्। कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाणले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताए।

नेपाल तरुण दल काभ्रेले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आबद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र  दायित्व दुवै भएको स्पष्ट पारे।

‘आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नुपर्दछ । तर, गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नुहुँदैन,’ उनले भने।

कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ। उनले भने, 'गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वास हो । राजनीतिक धर्म र दायित्व हो।’