१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ २४ शुक्रबार १८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गठबन्धन ठिक छैन भन्ने षड्यन्त्रकारी कुरा हो : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १८:१७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन्। शुक्रबार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं विपी कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। 

उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकोले गठबन्धन ठिक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गरे।  गठबन्धन कुनैपनि हालतमा टुट्न नदिने प्रतिवद्धतासमेत उनले जनाए। प्रधानमन्त्री देउवाले गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको पनि उल्लेख गरे। 

‘हिजो के अवस्था थियो चितवनमा ? एक्लै चुनाव लड्दा के अवस्था हुन्छ ? सबै मिलेर चुनाव लड्दा नै पार्टी बलियो हुन्छ, पार्टी बलियो हुनु नै महत्वपूर्ण छ। आज यहीँका मान्छेहरु मन्त्री छन्। भोलि यहाँकै मान्छे मन्त्री, प्रधानमन्त्री हुनसक्छन्। अहिले गठबन्धन आवश्यक छ, गठबन्धनलाई बचाएर लैजान पनि त्यत्तिकै आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने,‘गठबन्धन कुनैपनि हालतमा टुट्न दिन्न। गठबन्धन ठिक छैन भन्नेकुरा षड्यन्त्रकारी कुरा हो। पार्टीलाई सिध्याउने षड्यन्त्र हो यो। गठबन्धन रहेपो पार्टी बलियो हुन्छ, त्यसैले गठबन्धनको खिलाफ बोल्ने कुरा छैन। गठबन्धनबाट जतिसक्दो बढीभन्दा बढी फाइदा लिनुपर्छ।’

ad
ad
ad
ad