१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १५ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लालीगुराँस सहकारीका अध्यक्ष भण्डारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १७:१७:oo

बचतकर्ताको रकम अपचलनको आरोपमा शनिबार पुनः एक सहकारीका अध्यक्ष पक्राउ परेका छन्। 

प्रहरीले ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भण्डारीलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउपछि अपराध अनुसन्धानको टोलीले भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको छ। 

सहकारीको केन्द्रीय कार्यालय ललितपुरमा रहेको र बचतकर्ताहरूले त्यहीँ उजुरी दिएकाले आवश्यक अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले भण्डारीलाई ललितपुर प्रहरीमा बुझाएको हो।
 

ad
ad
ad
ad