१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १७:o१:oo

कैलालीको धनगढीबाट प्रहरीले दुई किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतको संगौला जिल्ला घर भएका ६५ वर्षीय दलजित सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट दुई किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। 

सिंहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बोहराले बताए।

कर छलीको सामानसहित दुईजना पक्राउ
प्रहरीले धनगढीबाट करिब १० लाख ७२ हजार रुपैयाँ मूल्यबराबरको भन्सार छलीको सामानसहित दुईजनालाई पक्राउ गरेको छ। 

सु.प.प्र ०१–००१ ज १२७९ नम्बरको गाडी चेकजाँच गर्दा भारतबाट भन्सार छलेर ल्याइएको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

गाडीचालक कञ्चनपुरको पुनर्वास घर भएका हरि बुढा र धनगढीकी सरस्वती विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको सामान त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ।

ad
ad
ad
ad