१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Wednesday, 03 July, 2024
फाइल तस्बिर
रासस चितवन
२o७९ भदौ २३ बिहीबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आयात नरोकिए आन्दोलन गर्ने केरा उत्पादक किसानको चेतावनी

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १३:१२:oo

जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल केरा उत्पादक संघ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।

संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निराश बनाएको जनाइएको छ। जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको संघले जनाएको छ। भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायीले चरणबद्ध आन्दोलन गर्ने स.घले जनाएको हो। सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट विनाएलसी भारतीय केराहरू अवैध रूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए। विज्ञप्तिमा भनिएको छ, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन्।’

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन्। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताए। 

नेपालमा छठपर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उनले देशभरबाट भारतीय केरा आयातविरुद्धमा आन्दोलनको तयारी भएको बताए। नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासंघले जनाएको छ। नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ।

ad
ad
ad
ad