मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Tuesday, 15 July, 2025
२o७९ भदौ २२ बुधबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंसहित आठ जिल्लाका सिडिओको सरुवा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १७:४३:oo

गृह मन्त्रालयले काठमाडौंसहित आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । एक वर्ष अवधि पुगेका सिडिओहरूको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

 काठमाडौंको सिडिओमा घनश्याम उपाध्यायको सरुवा भएको छ। यसअघि उनी ललितपुरमा सिडिओका रूपमा कार्यरत थिए। काठमाडौंका सिडिओ गोविन्द रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ। 

गृह मन्त्रालयमा कार्यरत सहसचिव टेकबहादुर केसीलाई कास्कीको सिडिओमा पठाइएको छ भने कास्कीमा कार्यरत जयनारायण आचार्यको सिडिओको जिम्मेवारीमा ललितपुरमा पठाइएको छ। सप्तरीका सिडिओ जनार्दन गौतमको उदयपुर तथा उदयपुरका वीरेन्द्र यादवको संखुवासभामा सिडिओका रूपमा सरुवा भएको छ। पाँचथरमा मन्त्रालयमा कार्यरत उपसचिव गणेश गैरेलाई खटाइएको छ।