मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Wednesday, 12 March, 2025
२o७९ भदौ २१ मंगलबार १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड भन्छन्– गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० सिट पाउने सम्भावना

'उम्मेदवार मनोनयनको दिनसम्म मात्र संसद्को कार्यकाल'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १३:४o:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा नेपाली कांग्रेसले करिब ८० सिट पाउने सम्भावना रहेको बताएका छन्। धनगढी विमानस्थलमा पत्रकारहरूले राखेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्।

‘कांग्रेसले सुरुमा सय सिटमा दाबी गरेको थियो। पछि ८० को वरिपरि आउने सम्भावना छ,’ प्रचण्डले भने, ‘हामीले पनि ६० भनेका थियौँ। त्यसबाट केही तलमाथि होला, तर त्यसैको वरिपरि हुन्छ।’ उनले आफूले अहिले चितवन ३ बाहेक अन्यत्रबाट चुनाव लड्ने विषयमा नसोचेको पनि प्रस्ट पारेका छन्।

अर्को प्रसंगमा प्रचण्डले उम्मेदवारको मनोनयन भएको दिनसम्म मात्र संसद्को कार्यकाल रहने प्रस्ट पारे। प्रमुख सचेतकहरूले प्राविधिक कारणले संसद् लम्ब्याउनेबारे सोचेको भन्दै उनले संसद्को आयु लम्ब्याउन नहुने निर्णय भएको बताए।

‘संसद्को आयु लम्ब्याउनुहुँदैन भनेर निर्णय गरेका छौँ। मनोनयन एक दिन तलमाथि जाँदैन। यसमा तलमाथि हुँदैन,’ उनले भने, ‘बीचमा केही प्राविधिक कारणले संसद् लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरूले सोच्नुभएको रहेछ। अब कहीँ ‘इफ, बट’ हुन दिनुहुँदैन। ४ गते निर्वाचन हुन्छ र कुनै कन्फ्युज हुनुहुँदैन।’

 

याे पनि : प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक विवाद