१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २१ मंगलबार १२:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बालबालिकालाई असल संस्कार सिकाउँदै म्याथ्यु रिचार्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १२:o२:oo

चर्चित फ्रेन्च लेखक तथा ‘विश्वकै खुसी व्यक्ति’ डा. म्याथ्यु रिचार्डको उपस्थितिमा नेपालमा भर्चुअल माध्यमबाट बालबालिकालाई संस्कारयुक्त शिक्षा कक्षा सुरु भएको छ। सुसंस्कार र योगका अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा अनलाइन ‘संस्कार कक्षालय’ सुरु गरिएको हो।

हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म र दिउँसो २ः३० देखि ४ः३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालन हुनेछ। संस्कार कक्षालयको शुभारम्भ गर्दै डा. रिचार्डले अहिलेको समयमा संस्कारी शिक्षा अत्यन्त उपयोगी भएको भन्दै असल मानव बन्नका संस्कारयुक्त शिक्षा आवश्यक रहेको उल्लेख गरे।

उनले आफू र आफ्ना स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरूको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने र अरुलाई दुःखी बनाउनेभन्दा पनि सबैको भलाइको विविध विषयमा शिक्षाको ठूलो भूमिका रहने बताएका हुन्।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागू गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए। संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको भन्दै उनले संस्कार कक्षालयबाट सबैले फाइदा लिनसक्ने बताए।

कार्यक्रममा अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै सुरु हुनुपर्ने बताइन्। शनिबारबाट सुरु भएको संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरू, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी–व्यवहारलगायतका विषय समेटिने डा. अधिकारीले जानकारी दिए।

पहिलो चरणमा पाँचदेखि नौ वर्षसम्म, नौदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन गरी संस्कार शिक्षा, योगविज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकताजस्ता विषयका विषेशज्ञहरूमार्फत नेपालीभाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिनेछ। यस कक्षालयमा विश्वका जुनसुकै स्थानमा बसोवास गर्ने नेपालीभाषी बालबालिकालाई अनलाइन कक्षामा समेटिनेछ।

ad
ad
ad
ad