१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १८ शनिबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १६:११:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र कांग्रेस नेतृत्वमा सरकार बन्नेमा कुनै अलमल नरहेको उनको भनाइ थियो। 

‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले केही दिनभित्रै सिट बाँडफाँडको विषय टुंगो लाग्ने बताए। ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दै छौँ। अहिले त गठबन्धन भन्ने भएकाले को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदै छौँ। अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। योपटक निर्वाचन पनि जित्छौँ हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन,’ उनले भने।

महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने उल्लेख गरे। उनले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्न आफ्नो पार्टीले काम गरिरहेको बताए।
 

ad
ad
ad
ad