नेपाल पुलिस क्लबले पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला/ पुरुष भलिबल प्रतियोगिता २०७९ अन्तर्गत महिलतर्फको उपाधि जितेको छ। यसैगरी, महिलातर्फ गण्डकी प्रदेश र नेपाल पुलिसको टिम भिड्ने भएका छन्। पुरुषतर्फको फाइनल बिहीबार हुनेछ।
बुधबार भएको फाइनल खेलमा न्यू डायमन्ड एकेडेमीलाई २५– १५, २५– १४ र २५– ८ को सोझो सेटमा पराजित गर्दै साबिक विजेता पुलिसले उपाधिसँगै नगद एक लाख ५० हजार १११ रुपैयाँ पुरस्कार पाउँदा उपविजेता डायमन्डले एक लाख १११ नगद पुरस्कार पायो।
यसैगरी, त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई २५–१७, २५–१७ र २५–१५ सोझो सेटमा हराउँदै तेस्रो भएको आर्मीले ५० हजार १११ नगद पुरस्कार पायो। प्रतियोगितामा नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसकै रुपेश बिष्ट घोषित हुँदै जनही ५ हजार पुरस्कार पाए। यसैगरी, उत्कृष्ट सेटरमा न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमन्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना बिष्ट, उत्कृष्ट लिब्रो न्यू डायमन्डकी सलिना श्रेष्ठ घोषित हुँदै ट्रफी र प्रमाणपत्र पुरस्कार पाए।