१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Saturday, 28 September, 2024
मनीष खड्का रुकुम पश्चिम
२o७९ भदौ १२ आइतबार २२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओत लागेर बसेका आमाछोरीको पहिरोले पुरिएर मृत्यु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार २२:५५:oo

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका– १४ को पीपलचौरस्थित छेपारे सामुदायिक वन समूहको भवनमा ओत लागेर बसेका जाजरकोट भेरी नगरपालिका– १ मैदेका आमाछोरीलाई आइतबार दिउँसो पहिरोले पुरेको थियो ।

दिउँसो साढे ३ बजेतिर पहिरोमा पुरिएर अन्दाजी ३० वर्षीया आमा बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पहिरोमा पुरिएर बालमतीकी अर्की सात वर्षीया छोरी तिर्सना भने घाइते भएकी छिन् । तीनैजनालाई प्रहरीले साढे ४ बजेतिर जीवितै उद्धार गरेको थियो । 

उद्धार गर्दा तिर्सना बोल्न सक्ने अवस्था भए पनि बालमती र प्रतीक्षा भने अचेत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । तीनैजनालाई उपचारका लागि जाजरकोट जिल्ला अस्पताल पठाइएको थियो । 

दुवै आमाछोरीको जाजरकोट अस्पतालमै मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । बालमती दुई छोरीसहित जाजरकोटकै नलगाड नगरपालिका– १ मा रहेको माइती घरबाट भेरी नगरपालिका– १ मैदे घरतर्फ आइरहेकी थिइन् । भारी वर्षा भएपछि तीन आमाछोरी सामुदायिक वनको भवनमा ओत लागेका थिए ।