१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १० शुक्रबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गर्ने पाँच पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार १७:१४:oo

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, भगवान बस्नते, बिशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

उनीहरूले डबल ब्लाक, ब्लाक लेभल, ज्याक डेनियल्सलगायत महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा उत्पादन गरी बिक्रि गर्दै आएका थिए। उनीहरुले भक्तपुर  दुवाकोटमा फ्याक्ट्री राखी नक्कली मदिरा उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ। 

कोटेश्वरस्थित उनीहरुको डेरा र भक्तपुरस्थित फ्याक्ट्रीबाट ठूलो मात्रामा नक्कली मदिरा बरामद भएको छ। यस्तो मदिरा उनीहरुले डिस्को तथा लाउन्ज बारमा बिक्रि गर्दै आएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मदिराका बोतलमा आन्तरिक राजश्व विभागको नक्कली अन्तशुल्क स्टिकरसमेत प्रयोग गर्दै आएका पाइएको छ। पक्राउ परेकाहरुलाई कालोबजारी मुद्दामा सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ।