१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ भदौ ९ बिहीबार १o:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको पहिलो औद्योगिक क्षेत्र

अर्थ इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १o:१४:oo

औद्योगिक विकास गर्नका लागि उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधारहरू जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले ०१६ सालमा बालाजु औद्योगिक क्षेत्रको शिलान्यास भएको हो । अर्थात्, नेपालको पहिलो औद्योगिक क्षेत्र ‘बालाजु औद्योगिक क्षेत्र’ हो ।

नेपालले अमेरिकी सहयोगमा उक्त औद्योगिक क्षेत्र स्थापना गरेको थियो । बालाजु औद्योगिक क्षेत्र कुल ६ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमध्ये एक सय ३० रोपनी क्षेत्रफल सेवामूलक क्षेत्रले ओगेटका छन् भने बाँकीमा उद्योग सञ्चालित छन् । उक्त क्षेत्रमा पानी, ढल, सडक, विद्युत्, पर्खाललगायतका पूर्वाधार छन् । बालाजु औद्योगिक क्षेत्रभित्र एक सय ३१ वटा उद्योग स्थापना भएका छन् । त्यसमध्ये ९७ वटा उद्योग सञ्चालनमा छन् । 

हाल नेपालमा १० ओटा औद्योगिक क्षेत्र रहेका छन् । सरकारले सातै प्रदेशमा कम्तीमा एउटा–एउटाका दरले ठूला औद्योगिक क्षेत्र स्थापनाको प्रक्रियासमेत अघि बढाएको छ ।