१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिमा एमालेको तीनबुँदे फरक मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:१५:oo

महाभियोग सिफारिस समितिमा नेकपा एमालेले तीनबुँदे फरक मत राखेको छ। बुधबार सिंहदरबारस्थित कानुन समितिको सभाहलमा बसेको बैठकमा एमालेले तीनबुँदे फरक मत राखेको हो।

एमालेले संसदमा दर्ता भएको महाभियोगको प्रस्ताव अघि बढ्न ६ महिना लाग्नुको कारण माग गरेको छ। प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरे पनि त्यसयता प्रक्रिया अगाडि बढेको थिएन।

त्यसैगरी, नियमावलीअनुसार छानबिनका लागि समितिले पाउनुपर्ने तीन महिना समय नपाउने अवस्था आएकोमा पनि एमालेले जवाफ मागेकाे छ। साथै, समितिको प्रतिवेदन संसदमा निर्णयार्थ पेस हुने सुनिश्चितता खाेज्दै समितिमा रहेका एमाले सांसदहरू विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेलले तीनबुँदे फरक मत हस्ताक्षरसहित समितिका सभापति रामबहादुर विष्टलाई बुझाएका छन्।

याे पनि : महाभियोग सिफारिस समितिले १५ भदौमा जबराको बयान लिने

ad
ad