मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ८ बुधबार १o:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जी–२ तेक्वान्दो ३ असोजदेखि

पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा करिब १५ सय खेलाडीले सहभागिता जनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार १o:३६:oo

नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउन्ट एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) ३ देखि ९ असोजमा हुने भएको छ । आयोजकका अनुसार विश्व तेक्वान्दोले पहिलोपटक मान्यता दिँदै नेपालमा जी–२ प्रतियोगिता गर्न लागेको हो ।दक्षिण एसियामा पहिलोपटक प्रतियोगिता हुन लागेको आयोजकको दाबी छ । प्रतियोगिताअन्तर्गत जुनियर ग्योरोगी ७ असोजमा र सिनियर ग्योरोगी ८ र ९ असोजमा हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला तथा जुनियर पुरुष, महिला गरी आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

पुरुषतर्फ ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

पोखरास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा करिब १५ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजना गर्दा करिब दुई करोड खर्च हुने बताइएको छ ।  प्रतियोगितामा दक्षिण एसियाली मुलुकसहित इन्डोनेसिया, मलेसिया, अमेरिकालगायतका खेलाडीको सहभागिता रहनेछ ।