मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ७ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ७ मंगलबार o९:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अमेरिकाले डेढ करोड डलर अनुदान दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ७ मंगलबार o९:५२:oo

अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर अनुदानको हिस्साको रूपमा यो सहयोग दिन लागेको हो । युक्रेनमा रुसको अप्रत्याशित युद्धले बढ्दो विश्वव्यापी संकटबाट कमजोर जनसंख्यालाई जोगाउन अमेरिकाले अनुदान सहायता दिन लागेको हो ।

अमेरिकी दूतावासका अनुसार राष्ट्रपति जो बाइडेनले जर्मनीमा जी सेभेन मुलुकका शीर्ष नेताको शिखर सम्मेलनमा यो घोषणा गरेका थिए । जी सेभेन नेताहरूले शिखर सम्मेलनमा विश्वव्यापी खाद्य सुरक्षालाई सम्बोधन गर्न प्रतिबद्ध गरेका थिए । 

युएसएआइडीका नेपालस्थित कार्यवाहक निर्देशक बेथ होगनले मल अभावका कारण नेपालमा धान, मकै र अन्य महत्वपूर्ण बालीको उत्पादन घट्दै जाने अवस्थामा यो सहयोगले नेपालको कृषि क्षेत्र र किसानलाई सहयोग पुग्ने अपेक्षा गरेको बताएकी छिन् 

। ‘युएसएआइडीले नेपाल सरकारसँग मिलेर काम गर्नेछ, ताकि उनीहरू खाद्य असुरक्षाविरुद्ध लड्न र गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा कम गर्ने लक्ष्य पूरा गर्न नेपालको चलिरहेको प्रयाससँग मेल खानेछ । यो नेपाल–अमेरिका साझेदारी र हाम्रो चलिरहेको स्वास्थ्य र खाद्य सुरक्षा सहायता कार्यक्रमको ७५ वर्षको निरन्तरता हो,’ उनले भनिन् ।