१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ३ बिहीबार १९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा थपिए २८६ कोभिड-१९ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १९:१८:oo

देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो।

एक हजार आठ सय १६ जनाको पिसिआर र एक हजार छ सय सातजनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। यही अवधिमा चार सय ७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या नौ लाख ७८ हजार नौ सय एक पुगेको छ।

संक्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ९२ पुगेको छ। हाल होम आइसोलेसनमा चार हजार एक सय ५५, संस्थागत आइसोलेसनमा एक सय ९३, आइसियूमा ५१ र भेन्टिलेटरमा पाँच संक्रमित छन्। 

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं र ललितपुर छन्। शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुग र रुकुम पश्चिम छन्। काठमाडौंमा दुई हजार ९१, ललितपुरमा सात सय २५ र भक्तपुरमा ६१ सक्रिय संक्रमित  छन्। कुल संक्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

ad
ad