मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ५ आइतबार १२:o२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तिजमा कस्तो मेकअप सुहाउँछ ?

मेकअप टिप्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार १२:o२:oo

तिजमा आफूलाई चिटिक्क देखिने मन सबैलाई हुन्छ । त्यसैले अधिकांशले ब्राइड मेकअप गर्ने गर्छन् । रातो साडी, रातो कुर्ता, लेहेंगामा ब्राइड मेकअपले खुल्छ । तिजमा फरक–फरक रङका साडी लगाउँछन् । साडी जुन कलरको लगाए पनि ब्राइडल लुक्स खोज्ने गर्छन् । 

सीमा गुरुङ, मेकअप आर्टिस्ट

घरमा बसेर कसरी मेकअप गर्ने ?
घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ । मेकपको सामान भने आफुसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ । यसपछि सन्सक्रिम अनिवार्य लगाउनुपर्छ ।

मेकपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफुलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किन अनुसारको फाउन्डेसन लगाउनुपर्छ ।  लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउदा सुख्खा हुन्छ ।

मेकअप गर्नेबितिक्कैभन्दा पनि करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफुले कुन रंगको कपडा लगाएको छ, कपडा अनुसारको आइस्याडो लगाउन सकिन्छ ।

कसैलाई कपडाको कलर अनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।