१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ३ शुक्रबार १o:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाले तुजुक देखायो : पूर्वसभामुख ढुंगाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १o:११:oo

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका  लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टीका–टिप्पणी सुरु भएको छ।आइतबार पुनर्विचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको छ।

सत्ता पक्षका एक सय ३५ जना सांसदले मतदान गरेपछि विधेयक पारित भएको छ। संसद्ले राष्ट्रपतिले दिएका सुझावमाथि कुनै छलफल नै नगरी विधेयक पारित गरेपछि पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले तुजुक देखाएको टिप्पणी गरेका छन्। 

उनले संसद्ले राष्ट्रपतिको सुझावलाई मनन गर्नैपर्ने जिकिर गरेका छन् । त्यसो हुँदा लोकतान्त्रिक संस्कारको विकासमा निराशा बढेको टिप्पणी गरेका छन्। ‘प्रथमतः राष्ट्रपतिले नागरिक विधेयक फर्काइदिएपछि पर्याप्त वा उचित समय दिएर खुला मनले बुँदाबुँदाउपर हरदृष्टिकोणबाट पुनर्विचार गर्नुपर्थ्यो,’ ढुंगानाले अगाडि भनेका छन्, ‘प्रतिनिधिसभाले त्यसो गरेको देखिएन । तुजुकजस्तो भयो । लोकतान्त्रिक संस्कार विकासबारे निराशा बढायो।’