आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर– ८ बाट सुमन सायमी र काठमाडौं–९ बाट विद्या श्रेष्ठले स्वत्रन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।
गत स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर र श्रेष्ठ उपमेयरमा उम्मेदवार बनेका थिए। उनीहरूले आँखीझ्याल चिह्नबाट स्थानीय तह निर्वाचनमा भाग लिएका थिए।