मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Wednesday, 18 December, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २ बिहीबार १५:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकतालाई राजनीतिक विषय नबनाऔँ : सांसद पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार १५:४३:oo

माओवादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पुनले यस्तो आरोप लगाएका हुन्।

नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी विधेयक आएको भन्दै उनले विधेयक संसदबाट पारित गराउन सहयोग गर्न एमालेलाई आग्रह गरे। ‘स्वभाविक रूपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ। यो सामान्य प्रक्रिया हो। यो माननीयजीहरूलाई जानकारी भएकै कुरा हो। त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔँ । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु,’ उनले भने।

वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउन सबै दलले सहयोग गर्नुपर्ने सांसद पुनको धारणा छ। उनले भने, ‘आगामी दिनमा राष्ट्रिय सहमति बनाएर बाँकी विषयहरू, खासगरी वैवाहिक अंगीकृतलगायतका विषयमा फेरि प्रस्तुत हुन्छ भनिएको छ। यो कुरालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।’