मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १ बुधबार १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वप्रकाश भन्छन्- झापाबाटै चुनाव लड्छु, प्रेम उता, घरजम यता हुन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार १२:४८:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै महामन्त्री शर्माले आफू काठमाडौं– ५ मा चुनाव प्रचारमा जाने, तर चुनाव लड्न भने झापा नै पुग्ने दाबी गरे । 

उनले लेखेका छन्, ‘काठमाडौं– ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’ उनले थपे, ‘बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो !’