१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ १ बुधबार ०८:४१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गठबन्धन सरकारपछि राजनीति  भद्रगोल भयो, संसद् पंगु : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ १ बुधबार ०८:४१:००

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकार बनेपछि देशको राजनीति भद्रगोल अवस्थामा पुगेको र संसद् पंगु साबित भएको दाबी गरेका छन् । अनेमसंघले मंगलबार आयोजना गरेको ‘राजनीति र युवा महिला’ गोष्ठीमा ओलीले राज्यका कुनै पनि निकायले सहीसँग काम नगरेको आरोप लगाए । 

‘गठबन्धनको एकवर्षे सरकार भोग्यौँ । अर्थतन्त्र ओरालो लाग्यो । राजनीति भद्रगोल भयो, संसद् पंगु भएको छ । सरकार सरकारजस्तो छैन, अदालत अदालतजस्तो छैन । अदालतमा मारामार छ । प्रधानन्यायाधिशमाथि ६ महिनादेखि महाभियोग लागेको छ । न्यायाधीशहरू हडताल गर्छन्, वकिलहरू कम्फु–कराँते खेल्छन् । योभन्दा दुरवस्था, भद्रगोल, देशलाई ओरालो लगाउने कुरा के हुन सक्छ ?’ ओलीले प्रश्न गरे ।

स्थानीय सरकारको पाँचवर्षे कार्यकालमा महिला जनप्रतिनिधिले निष्ठा, कर्तव्यपरायणता, सक्रियता र इमानदारिताका साथ काम गरेको भन्दै ओलीले प्रशंसा गरे । राजनीति स्वार्थबाट माथि उठेर निष्ठापूर्वक देश र जनताका लागि गरिनुपर्नेमा जोड दिँदै ओलीले महिलालाई स्वच्छ प्रतिस्पर्धासहित अगाडि बढ्न निर्देशन दिए ।