मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण ३० सोमबार १४:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेढ वर्षपछि मुगु अस्पतालले पायो विकास समिति अध्यक्ष

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३० सोमबार १४:४७:००

जिल्ला अस्पताल मुगुले डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्ष पाएको छ। ५७ शय्याको जिल्ला अस्पतालमा डेढ वर्षसम्म विकास समिति अध्यक्ष नहुँदा अस्पतालको आर्थिक, प्रशासनिकसहित समग्र काममा समस्या देखिएको थियो।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार गजेन्द्रबहादुर मल्ल जिल्ला अस्पतालको विकास समिति अध्यक्षमा मनोनयन भएका हुन्। अध्यक्षमा मनोनीत मल्लले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै मल्लले आफ्नो चारवर्षे कार्यकालमा अस्पतालमा कुनै कमीकमजोरी हुन नदिने, रिक्त रहेका विशेषज्ञ डाक्टर ल्याउन तत्काल पहल गर्ने, तथ्यांक अधिकृत, मेडिकल रेकर्डर, नर्सिङ अधिकृत, नवौँ तहको स्थायी चिकित्सकलगायत दरबन्दी पूर्ति गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन्। उनले अबको केही दिनमै अन्य सदस्य मनोनीत गरी समितिलाई पूर्णता दिने बताएका छन्।

उक्त अस्पताल विकास समितिको अध्यक्षमा मन्त्रालयबाट मनोनीत व्यक्ति तथा सदस्यहरुमा अस्पताल रहेको स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, मन्त्रालयले मनोनीत गरेको एक महिलासहित तीनजना सदस्य, उद्योग वाणिज्य संघको प्रतिनिधि, जनस्वास्थ्य शाखा प्रमुख, आयुर्वेद शाखा प्रमुख, नर्सिङ इन्चार्ज रहने व्यवस्था छ भने मेडिकल सुपरिटेन्डेन्ट सम्बन्धित अस्पतालका सदस्यसचिव रहन्छन्।

०७७ पुसमा पारशमणि मल्लको कार्यावधि सकिएपछि अस्पताल समिति अध्यक्ष र पूरै समिति खाली रहेको थियो। पदभार ग्रहणपश्चात् उनले अस्पतालमा भर्ना भएका बिरामीलाई जुस वितरण गर्नुका साथै अस्पताल प्रांगणमा वृक्षरोपणसमेत गरेका थिए।