कांग्रेस संस्थापनइतर समूहले शनिबार दिउँसो आफू पक्षीय पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ ।
एक नेताका अनुसार डा. शेखर कोइरालाले भ्रातृ संगठनमा नेतृत्व चयन तथा सिट बाँडफाँडमा आफ्नो समूहको रणनीति बनाउन भेला बोलाएका हुन् ।
कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएको छ । देउवा अहिलेकै शैलीमा अघि बढे समानान्तर गतिविधि गरेर अघि बढ्नेसम्मको तयारीबारे पनि छलफल हुने बताइएको छ ।