मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास

पेट्रोल छर्किएर आफैँलाई जलाउन खोजेकी निहारिका राजपुतलाई प्रहरीले बचायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १७:०७:००

बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक सातादेखि आमरण अनशन बस्दै आएकी निहारिका राजपुतले आज आत्मदाहको प्रयास गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी हुन् । 
उनी एक सातादेखि वसन्तपुरमा अनशन बस्दै आएकी थिइन् । प्रहरी परिसर काठमाडौंका डिएसपी अंकुर जिसीका अनुसार प्रहरीको सक्रियतामा उनलाई आत्मदाहबाट बचाइएको हो । राष्ट्रपति निवासअगाडि आइपुगेपछि उनले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् । 
त्यसलगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले तत्कालै उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो । आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनले लगातार न्यायिक आन्दोलन गर्दै आएकी छिन् । उनले आफ्नो दुई वर्षका छोरा शिवराज श्रेष्ठकै भएको भन्दै डिएनए टेस्टको माग गर्दै आएकी छिन् ।