बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जको एक एकसिंगे गैँडाको मृत्यु भएको छ । २५ वर्षको सो भाले गैँडा भारतको वाल्मीकि क्षेत्रमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
खाग र खुरसहितको सो गैँडा गण्डक ब्यारेजमा भेटिएको हो । ‘लिखित जानकारी प्राप्त भएको छैन, यद्यपि भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोकानजिक मृत गैँडा फेला परेको जानकारी आएको छ,’ तिवारीले नयाँ पत्रिकासँग भने ।
भारतको सीमाक्षेत्रमा मृत भेटिएको गैँडालाई सोही देशको नियमअनुसार जलाउने गरिएको छ । तिवारीका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको प्राविधिक टोलीले पोष्टमार्टमपछि खागसहित जलाएर नष्ट गर्नेछ ।