१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Thursday, 03 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २५ बुधबार १६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई तित्रोसँग तुलना गर्दै कांग्रेस सांसदले भने–सरकारले राम्रो काम गर्दा पनि प्रतिपक्षले साथ दिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार १६:५५:oo

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल एमालेले साथ नदिएको बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद देवले राम्रो काम गर्दा पनि एमालेले सरकारलाई साथ नदिएको आरोप लगाएका हुन्।

निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको उनको जिकिर छ।

‘सरकारले तीन/चारवटा युगान्तकारी कामहरु गरेको छ। शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। अब मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन गइराखेको छ। यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन भएको छ। यही सदनले नागरिकतासम्बन्धी ऐनलाई संशोधन गरेको छ। यो युगान्तकारी, ऐतिहासिक कामहरू सरकारले गरेको छ। यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नुहुन्छ ? यो पनि ठीक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौँ?' उनले भने।

एमालेलाई तित्रोको संज्ञा दिँदै उनले सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न आग्रह गरे। 'अनावश्यक ढंगले तित्रोको मुखै बैरी–सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरूको प्रयोग गरेर, विषयहरू उठाएर अमिलो राजनीतिक वातावरण नबनाऔँ,’ उनले भने।