१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ श्रावण २४ मंगलबार १६:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव 

विद्यार्थीलाई रङ्गमञ्चसँग जोड्ने प्रयास, गुरुकुलमा विद्यालय नाटक महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ श्रावण २४ मंगलबार १६:५४:००

विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए। पाठ्यक्रममा समावेश वा शिक्षक/विद्यार्थीले लेखेका १ घण्टा अवधिका नाटक शिक्षक/विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय गर्ने कलाकार पनि उही विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी हुनुपर्नेछ।

नाटक तयार पार्न सहजीकरण र प्राविधिक सहयोग आरोहण गुरुकुलले गर्ने अध्यक्ष क्षेत्रीले बताए। इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेबसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन्। महोत्सवले विद्यालय, विद्यार्थी र रंगमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ।

गुरुकुलले यसअघि ०७६ सालमा विद्यालय नाटक महोत्सव पहिलो पटक आयोजना गरेको थियो। त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन। १० दिनको महोत्सव अवधिभर २ हजारभन्दा धेरै विद्यार्थीको प्रत्यक्ष/अप्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ। 

फारम भर्नका लागि पोस्टरको क्युआर कोड स्क्यान गर्नुहोला वा यो लिंकमा क्लिक गर्नुहोला।