१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २३ आइतबार २३:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २३:o६:oo

सप्तरीको सप्तकोसी नगरपालिका– ४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेका छन् । अमाहा, जुटपानी, सत्रापत्र, ट्यांगालगायतका खहरेखोलामा आएको बाढी चन्द्रनहरमा पसेपछि बाँध भत्किएको स्थानीय विष्णु राईले जानकारी दिए । 

नहर भत्किएर बस्तीमा पानी पस्दा वडा नम्बर ४ का विष्णु राई, रामबहादुर विष्ट, कालीमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, रामबहादुर बस्नेतलगायत दर्जनौँ स्थानीयका घर डुबानमा परेको स्थानीय गुणराज सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार ती घरहरूमा ६ फिटसम्म पानी जमेकाले सयौँ मानिस प्रभावित भएका छन् । बाँध मर्मत–सम्भारको कार्यमा चन्द्रनहर र नगरपालिकाले चासो नदिँदा डुबान क्षेत्रका बासिन्दा बर्सेनि सास्ती खेप्न बाध्य हुँदै आएका छन् । 
‘नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खस्यो । त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ पीडित रामबहादुर बस्नेतले नयाँ पत्रिकासँग भने, ‘घर मात्र होइन, सयौँ बिघा धानखेती पनि जलमग्न भएको छ ।’

गत शनिबारको वर्षाले सप्तकोसी नगरपालिकाका सबै ११ वडा प्रभावित भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए । वडा नम्बर १ कार्यालयमा पानी पसेर कम्प्युटरलगायत कार्यालयका कागजपत्र भिजेको कार्यालय सहयोगी राजकुमार रामले बताए । वडा कार्यालयअगाडि रहेको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखौँको खाद्यान्न सामग्री भिजेर क्षति भएको सञ्चालक मनोज अग्रवालले बताए ।
 

ad
ad