मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २ मंगलबार १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार

पोखरामा आगामी साता अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल

११ हजारमै बेलुनमा चढेर दृश्यावलोकन गर्न सकिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १७:४३:oo

पोखरामा आगामी साता (९ देखि १७ पुस) अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल आयोजना हुने भएको छ। फेस्टिबलमा ११ हजार रुपैयाँमै बेलुनमा चढेर पोखराको दृश्यावलोकन गर्न सकिने भएको छ। 

पोखराको पामेफाँटमा आयोजना हुने फेस्टिबलको मुख्य आकर्षण बेलुन डिजे रहेको छ। यस प्रकारको कन्सर्टमा डिजे बेलुनमा उड्ने र मानिसहरू जमिनमै बसेर नाच्ने गर्छन्।

नौ दिनसम्म चल्ने महोत्सवमा करिब दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्नेछन्। ‘यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ। महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नेछ।’ आयोजक बेलुन नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।