मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०७:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनका दल निर्वाचनमा डुब्न बेर छैन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०७:१३:००

एमाले अध्यक्ष केपी ओलीले कमजोर मनस्थितिसहित आमनिर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगेका सत्तारूढ गठबन्धनमा रहेका दलहरू सबै पराजित हुने दाबी गरेका छन् । पार्टीको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक प्रहरी संगठनको केन्द्रीय कार्यालयको आइतबार उद्घाटन गर्दै ओलीले पराजित मनस्थितिमा पुगेकै कारण गठबन्धनमा रहेका दलहरूले दिनमै तीनथरी कुरा गर्ने गरेको आरोप लगाए ।

 ‘डुब्न लाग्यो भने त्यान्द्रो समाउँछ रे । त्यान्द्रो समाएर पनि बाँच्न खोज्छ । त्यसले बचाउँछ कि बचाउँदैन, एउटा कुरा हो । सबै डुब्न लागेका तलाउमा परेपछि एउटाले अर्कोलाई यसो निकाल्दिए त हुन्थ्यो । जसरी हामीले माओवादीलाई निकाल्दिएका थियौँ,’ ओलीले अहिलेको गठबन्धनप्रति व्यंग्य गरे, ‘डुबिएला भनेर एउटाले अर्कोको र अर्कोले अर्कोलाई समातेको छ, सबै डुब्न बेर छैन ।’

गठबन्धनमा रहेका दलमा अस्थिर र एकले अर्कालाई धम्क्याउनु पराजित मानसिकताको उपज भएको ओलीको आरोप छ । ‘बिहान भन्छ–हामीलाई हेपियो भने अर्कै मोर्चा बनाउन सक्छौँ । दिउँसो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् । बेलुका चुनावपछिसम्मै गठबन्धन कायम राख्नुपर्छ भनेर भन्छन्,’ ओलीले भने ।