मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ०८:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जो ३२ वर्षकै उमेरमा सहसचिव भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ०८:५८:००

बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्रांकित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः कान्छा सहसचिव हुन् । उनले ०६९ मा रेन्जर (नासुसरह)बाट निजामती सेवा प्रवेश गरेका थिए ।

३२ वर्षमै सहसचिव बन्न सफल अर्का युवा हुन्, पर्वतका प्रदीप परियार । ०६९ मा नासुबाट सेवामा प्रवेश गरेका उनले गत चैतमा सहसचिवमा नाम निकालेका हुन् । 

गणेश पौडेल 
अध्ययनको नियमितता, विषयवस्तुको गहिराइमा पुग्ने प्रयास र जिम्मेवारीप्रतिको प्रतिबद्धता महत्वपूर्ण कुरा हुन् । यी पक्षमा ध्यान दिन्छु । कामको अनुभव पनि आफैँमा ज्ञान हो । सुरुमा अध्ययन महत्वपूर्ण हुन्छ, पछि कामबाट सिक्ने कुरा महत्वपूर्ण हुन्छ । फिल्डदेखि विभाग र मन्त्रालयमा खटेर गरेका कामले धेरै कुरा सिकाउँछ । मेरो हकमा यिनै पक्षले भूमिका खेले । 

प्रदीप परियार 
निजामती ऐनको खुला प्रतिस्पर्धासम्बन्धी व्यवस्थाका कारण पनि सहसचिव भएको हुँ । भलै, प्रतिस्पर्धामा सफल हुन मिहिनेत त चाहिन्छ नै । आफूले तय गरेको लक्ष्यमा निरन्तर लाग्ने, धैर्य र समर्पण पनि उत्तिकै आवश्यक छ । मेरो हकमा यी सबै पक्ष लागू हुन्छ । 

यो पनि पढ्नुहोस्>> प्रशासन हाँक्ने युवा : ४० भन्दा कम उमेरमै नीतिगत तहमा पुगेका छन् ३२ युवा