मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका राजविराज
२०७९ श्रावण १९ बिहीबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर ससुरा–बुहारीसहित तीनजनाको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
२०७९ श्रावण १९ बिहीबार १०:१९:००

सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीनजनाको मृत्यु भएको छ । कञ्चनरूप नगरपालिकामा गएराति करेन्ट लागेर दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरूप– ६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अञ्जली सरदार छन् । उनीहरू ससुरा–बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको यादवले जानकारी दिए ।

यस्तै, सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा ५६ वर्षीय शिवशंकर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।