१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०६:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२२ सयको टेवा खोज्दै नेप्से, शिवम् सिमेन्टको मात्र ३८ करोडको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०६:१०:००

नेप्से परिसूचक सोमबार एक दशमलव १५ अंकले बढेर दुई हजार एक सय ९६ दशमलव २५ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ९४ अंकले बढेर चार सय २१ दशमलव १४ बिन्दुमा पुगेको छ । नेप्सेले दुई हजार दुई सयको टेवा खोजिरहेको छ ।

यस दिन कारोबारको सुरुवातदेखि नै दुई हजार दुई सयको परीक्षण गरिरहेको भए पनि बजार बन्द हुँदा दुई हजार एक सयको मनोवैज्ञानिक बिन्दुमै फर्र्किएको छ । अघिल्लो दिन पनि बजार दुई हजार दुई सयको बिन्दु छोएर फर्किएको थियो । लगानीकर्ता यतिवेला तटस्थ अवस्थामा देखिएका छन् । लामो समय बजार घटेकाले पनि बढेको बजारलाई करेक्सनपछिको वृद्धिका रूपमा लिने गरेको पाइएको छ ।

छोटो समयमा कम्पनीहरूको नाफा बढेपछि लगानीकर्ता प्रोफिट बुक गर्न हतारिएका छन् । लगानीकर्ताले नाफा बुकसँगै लगानी बढाउन थालेपछि कारोबार रकम दैनिक औसत दुई अर्बमाथि पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १७ कम्पनीको एक करोड पाँच लाख कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ६७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार शिवम् सिमेन्टको ३८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा बुटवल पावर कम्पनी, सिटिजन म्युचुअल फन्ड, गुडविल फाइनान्स, दोर्दी खोला जलविद्युत् कम्पनी र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतदेखि ६ दशमलव ९५ प्रतिशतले बढेको छ ।

धौलागिरि लघुवित्त वित्तीयको साधारण सेयर २४ साउनदेखि
धौलागिरि लघुवित्त वित्तीय संस्थाको साउन २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तयारीमा जुटेको छ । संस्थाले छिटोमा साउनको २९ गते र ढिलोमा भदौको सात गते निष्कासन बन्द गर्ने जनाएको छ । संस्थाले १० करोड ३१ लाख रकमबराबरको तीन करोड ३१ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको शून्य ५ प्रतिशत अर्थात् पाँच हजार एक सय ५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् १६ हजार पाँच सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा छुट्याएर बाँकी रहेको तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने भएको छ ।