१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिड संक्रमितको नि:शुल्क उपचार गर्न १७ अस्पताल तोकिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार ०६:१७:००

कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले देशभरका १७ अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ३१ असारको निर्णयअनुसार सरकाले नि:शुल्क उपचारका लागि देशभरबाट अस्पताल तोकेको हो । 

स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको जनाएको छ । यससँगै प्रत्येक प्रदेशमा कोभिडका बिरामीले निःशुल्क उपचार पाउने भएका छन् । 

कोभिड संक्रमितको निःशुल्क उपचारका लागि बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात् ६ वटा अस्पतालमा नि:शुल्क सेवा दिने जनाएको छ । बिरामीको अत्यधिक भिडभाड रहने काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नि:शुल्क उपचारका लागि तोकिएको हो । यस्तै, भरतपुर अस्पताल चितवन समेत निःशुल्क उपचारलाई छुट्याइएको छ । 

यसबाहेक प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान कोभिडको निःशुल्क उपचारका लागि छुट्याइएको छ । मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जमा नि:शुल्क उपचार हुनेछ । 

गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बाग्लुङको धौलागिरि अस्पतालमा कोभिड उपचार निःशुल्क हुनेछ । यस्तै, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र नेपालगन्जको भेरी अस्पतालमा कोभिडको उपचार सेवा निःशुल्क गरिने व्यवस्था गरिएको हो । 

कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन् । सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेल्धुरा अस्पताललाई कोभिडको निःशुल्क उपचारका लागि तोकिएको छ ।