मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ श्रावण १६ सोमबार ११:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डोजर लगाएर काठ तस्करी, खबर पाउँदा पनि समिति मौन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार ११:२८:oo

गुल्मीको छत्रकोट गाउँपालिका ३ छत्रदेबी हरियाली सामुदायिक वनबाट काठ तस्करी भएको छ । चार दिनअघि राति डोजरले सल्लाका रुख ढलाएर गोलिया बनाएर लगेको स्थानीयले बताए । स्थानीय भेडुवा बजारबाट राममन्दिर जाने बाटोमा पर्ने सामुदायिक वनमा २०/२२ भन्दा बढी सल्लाका रूख ढालेर काठ तस्कर गरिएको छ । स्थानीयले कृष्ण टण्डनले बजारनजिकैको सामुदायिक जंगलबाट रातमा रूख काटेर काठ तस्करी हुनु दुःखद विषय भएको प्रतिक्रिया दिए । 

गैर-जिम्मेवार समिति
चार दिनअघि काठ तस्कर भएको जानकारी समितिलाई थियो । तर, समितिका पदाधिकारीले स्थानीयको दबाबपछि मात्रै ढिलो गरे सोधीखोजी गर्न थाले । छत्रदेवी हरियाली सामुदायिक वनका सचिव विष्णुप्रसाद पन्तले आफूहरूलाई चार दिनपहिले रूख काट्दै गरेको सूचना आए पनि कार्यव्यस्तताले आइतबार साँझ मात्रै वनमा पुगेको स्वीकार गरे ।

उनले वनका रूख काटेको सत्य भए पनि कसले र किन काटेको भन्नेबारे केही जानकारी नभएको प्रतिक्रिया दिए । उनले वनलाई पनि आइतबार अबेर मात्रै जानकारी गराएको बताए । वन निकै संवेदनशील क्षेत्र हो । ‘वनमा ठूलो क्षति भएको छ । स्थानीय कोही बोल्दिैनन,’ उनले भने,‘समितिले कोही–कसैलाई दिने निर्णय पनि गरेको छैन ।’ स्थानीयले रातिमा डोजर लगाएको देखेर खबर गरेपछि पनि समितिले वास्था नगर्दा कतिपयले मिलेमतोको आशंका गरेका छन् । 

दोषीले उन्मुक्ति पाउँदैनन् : डिभिजन वन प्रमुख
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले आफुहरूको तर्फबाट छानबिन सुरु भएको बताए । उनले ठूलो क्षति भएको खबर पाएकाले वन अधिकृतलाई स्थलगत अनुगमनमा पठाएकाले अवस्थाका आधारमा समिति वा दोषीउपर कडा कारबाही गर्ने सापकोटाले बताए ।

स्थानीय एक व्यक्तिले सोही ठाउँमा गाउँपालिकाले जग्गा माग गरेकाले गाउँपालिकामाथि पनि शंका गरे। डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले गाउँपालिकाले केही समय पहिले भोकाधिकारका लागि वनको जग्गा माग गरे पनि आफूले ऐनअनुसार दिन नमिल्ने भएपछि संघीय सरकारमा जान अनुरोध गरेको बताए । 

छत्रकोट गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले आफूहरूले जग्गाको विषय गाउँसभामा निर्णय गरे पनि केन्द्रबाट स्वीकृित पाएपछि काम गर्ने बताए । उनले कसैले नियोजित वन फँडानी गरेकाले कानुनअनुसार कारबाही हुनुपर्ने बताए ।