१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Wednesday, 26 June, 2024
२o७९ श्रावण १४ शनिबार १३:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना : मकवानपुरमा एक वर्षमै ७० जनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार १३:५६:oo

मकवानपुरमा एक वर्षमै सवारी दुर्घटनाका कारण ७० जनाको मृत्यु भएको छ। मुलुकको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, मदन–भण्डारी राजमार्ग र हेटौँडा–काठमाडौं मार्ग जोडिएको मकवानपुरमा सवारी दुर्घटनाबाट एक वर्षमै ७० जनाले ज्यान गुमाएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६३ पुरुष, चार महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। गत साउनमा २५ दुर्घटनामा चार, भदौमा १५ दुर्घटनामा दुई र असोजमा ३० दुर्घटनामा पाँचजनाले ज्यान गुमाए।  त्यसैगरी, कार्तिकमा ३० दुर्घटनामा ११, मंसिरमा १९ दुर्घटनामा तीन, पुषमा २२ दुर्घटनामा चार, माघमा २८ दुर्घटनामा सात, फागुनमा ४१ दुर्घटनामा चार, चैतमा २२ दुर्घटनामा ६, वैशाखमा २५ दुर्घटनामा ६, जेठमा ३४ दुर्घटनामा १३ र असारमा २६ दुर्घटनामा पाँचजनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले वर्षायाम र चाडपर्वको समयमा बढी सवारी दुर्घटना भएको बताए। ‘वर्षायामको समयमा सवारी चाप कम भए पनि सवारी दुर्घटनाको अवस्था बढेको देखिन्छ। वर्षायाममा सडक हिलो र चिप्लो हुन्छ, नियन्त्रण गर्न नसक्ने गरी सवारीसाधन चलाउनाले दुर्घटना निम्तिने गरेको छ,’ उनले भने ।

सवारी कारबाहीबाट दुई करोड राजश्व संकलन
गत आर्थिक वर्षमा जिल्लामा सवारीसाधन कारबाहीबाट दुई करोड ३६ लाख ९० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ। प्रहरीले गत आर्थिक वर्षमा ३० हजार तीन सय २७ वटा सवारीसाधनलाई कारबाही गरेको थियो।

कारबाहीमा परेका सवारीसाधनबाट जरिवानाबापत साउनमा १७ लाख ५८ हजार, भदौमा १७ लाख ५८ हजार, असोजमा २४ लाख ३१ हजार, कार्तिकमा ३३ लाख ८२ हजार र मंसिरमा १७ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। यसैगरी, पुसमा १८ लाख ५१ हजार पाँच सय, माघमा १९ लाख ४१ हजार पाँच सय, फागुनमा १६ लाख ८० हजार, चैतमा १५ लाख १८ हजार पाँच सय, वैशाखमा १४ लाख ६१ हजार पाँच सय, जेठमा १७ लाख ६० हजार पाँच सय र असारमा २६ लाख ६० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक छन् । नौ हजार दुई सय ४७ ट्रकलाई कारबाही गरेर ७२ लाख १४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। चार हजार तीन सय १८ बसलाई कारबाही गरी ३२ लाख ९७ हजार, पाँच हजार ८ सय ६७ कार–जिपलाई कारबाही गरी ४५ लाख २३ हजार पाँच सय, एक हजार पाँच सय ४७ ट्याक्टरलाई कारबाही गरी १३ लाख ३५ हजार पाँच सय र ६ हजार १८ वटा मोटरसाइकललाई कारबाही गरी ४४ लाख ७६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

ad
ad
ad
ad