१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकट चलखेलको आरोपमा नुवाकोट क्षेत्र नम्बर १ (ख)का सभापतिमाथि कारबाही सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार १६:१४:००

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा चलखेल गरेकाे भन्दै नुवाकोट क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति रामजी पौडेलमाथि कारबाही सिफारिस गरिएको छ। गत स्थानीय निर्वाचमा टिकटमा चलखेल गरेको भन्दै कांग्रेस सूर्यगढी गाउँपालिका कार्यसमितिले उनलाई कारबाही सिफारिस गरेको हो।

कांग्रेस सूर्यगढीका सभापति शंकरबहादुर प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले पौडेलमाथि कारबाहीका लागि सिफारिस गरेको हो। पौडेलमाथि सूर्यगढी गाउँपालिकाभित्र अनधिकृत रूपमा पार्टीका बैठकहरू गरेर पार्टीभित्र विखण्डन ल्याएको आरोपसमेत लगाइएको छ।