१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ११ बुधबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा एसपिपी कार्यान्वयन गर्न लागि परेको सांसद रावलको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार १८:३८:oo

नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपिपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेसन’को नाममा एसपिपी सम्झौतामा उल्लेखित बुँदाहरू नेपालमा कार्यान्वयन गर्न लागेको आरोप लगाएका हुन् । 

उनले प्रधानमन्त्री एसपिपी कार्यान्वयन गर्न लागि नपरेको भए अमेरिकालाई पत्र पठाउने भन्ने मन्त्रिपरिषद्को निर्णयलाई तत्काल कार्यान्वयन गरी अमेरिकालाई पत्राचार गर्न चुनौतीसमेत दिए । संसदीय समितिले पटक-पटक निर्देशन दिँदा पनि पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको उनको भनाइ छ । पत्र नपठाउनु गम्भीर आशंकाको विषय हो । चर्चा भएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरू कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग । यस्तै, कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समयअगाडि एसपिपीको सम्बन्धमा जुन दशबुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरूलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ,’ उनले भने, ‘यदि यो चर्चा असत्य हो भने म यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुठा साबित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’

सांसद रावलले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरूको द्वन्द्वमा धकेल्न सक्रिय भएको आरोप पनि लगाए ।