मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
रासस हेटौंडा
२०७९ श्रावण ११ बुधबार १४:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सालका ६७ रूख काटेको आरोपमा सामुदायिक वनका सात पदाधिकारी पक्राउ

Read Time : < 1 मिनेट
रासस, हेटौंडा
२०७९ श्रावण ११ बुधबार १४:२६:००

मकवानपुरको हेटाैँडास्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध रूपमा ६७ वटा सालका रूख काटेको आरोपमा सातजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरू चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनका पदाधिकारी रहेको राससले जनाएको छ । रूख कटानी भएको विशेष जानकारी पाएपछि गएको पर्सा वन्यजन्तु आरक्षको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

हेटाैँडा उपमहानगरपालिका– १४ ड्राइभरडाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोप उनीहरूमाथि छ । सो वडाको निमार्णाधीन भ्युटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिए । 
पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको राेहवरमा छाडिएको छ । अनुसन्धान भइरहेको भन्दै आरक्षले पक्राउ परेकाहरूको परिचय खुलाउन मानेको छैन ।