मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ श्रावण ९ सोमबार o६:१o:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सातजनाको ज्यान गएकै ठाउँमा ६ महिनापछि अर्को दुर्घटना, ६ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार o६:१o:oo

पाल्पाको रिब्दीकोट– २ लघुवामा ६ महिनाको अन्तरमा दुई ठूला दुर्घटना भएका छन् । गत १८ पुसमा सातको मृत्यु र १६ घाइते भएको लघुवामै आइतबार यात्रुबस दुर्घटना हुँदा ६ को मृत्यु र १६ घाइते भएका हुन् । 

बाग्लुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु.१ख ५९५२ नम्बरको बस आइतबार अपराह्न ४:३० बजे दुर्घटना भएको हो । गाडीमा चालकसहित २२ जना थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा बस खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । बस सडकबाट डेढ सय मिटर तल खोँचमा खसेको छ । घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । 

१८ पुसको दुर्घटनामा भने मलामी बोकेको लु.१ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको थियो ।बुबाको अन्त्येष्टि गर्न गएका छोरासहित सात मलामीको मृत्यु भएको थियो । लघुवामा सडक साँघुरो मात्रै छैन, ओसिलो क्षेत्र भएकाले प्रायः शीत परेर चिप्लो हुन्छ । घुम्ती मोडसमेत भएकाले तीव्र गतिमा कुदाउँदा दुर्घटना हुने गरेको प्रहरी बताउँछ ।