१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

श्रीलंकामा संवैधानिक संकट टर्‍यो, आर्थिक र राजनीतिक संकट कायमै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१४:oo

प्रदर्शनका कारण राष्ट्रपति गोटावाय राजापाक्ष लखेटिएपछि बाँकी अवधिका लागि श्रीलंकाको संसद्ले रनिल विक्रमासिंघेलाई आठौँ राष्ट्रपति चयन गरेको छ । राष्ट्रपतिमा विक्रमासिंघेको चयनपछि तत्कालका लागि श्रीलंकाको संवैधानिक संकट त टरेको छ, तर आर्थिक र राजनीतिक संकट यथावत् छ । 

श्रीलंकाको संवैधानिक व्यवस्थाअनुसार राजापाक्षको कार्यकालको बाँकी दुई वर्ष अब विक्रमासिंघे राष्ट्रपति रहनेछन् । तर, संसद्ले विक्रमासिंघे नया“ राष्ट्रपति बनाए पनि प्रदर्शनकारी उनको नेतृत्व स्वीकार गर्न तयार देखिएका छैनन् । प्रदर्शनकारीको विक्रमासिंघे पनि सत्ताको नेतृत्वबाट बाहिरिनुपर्ने माग छ । 

नयाँ राष्ट्रपतिका लागि संसद्मा बुधबार सम्पन्न मतदानमा एक सय ३४ मत प्राप्त गरेपछि विक्रमासिंघे राष्ट्रपति भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दुल्लास अलाहपेरुमाले ८२ र अनुरा कुमारा दिसानायेकेले तीन मत प्राप्त गरेका छन् । 

केही दिनअघि प्रदर्शनकारीले राष्ट्रपतिनिवास र कार्यालय कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापाक्ष भागेर अज्ञात स्थल पुगे र सभामुखमार्फत राजीनामाको सन्देश पठाएका थिए । राजापाक्षको राजीनामाको सन्देशसँगै प्रधानमन्त्री विक्रमासिंघेले पनि मुलुकलाई निकास दिन सर्वदलीय सरकारका लागि राजीनामा दिने उद्घोष गरेका थिए ।

तर, राजापाक्षको बहिर्गमन उनका लागि राष्ट्रपति बन्ने सुअवसर देखिएपछि भने उनी त्यो योजनाबाट पछि हटेका थिए । प्रदर्शनकारीको माग र आफ्नो वचनअनुसार राजीनामा दिनुको सट्टा उनले हातमा आएको कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्न पुगे र संसद्लाई नयाँ प्रधानमन्त्री दिन आग्रह गरे । यसबीच, सत्तारूढ दललाई फकाएर आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सफल भएर विक्रमासिंघे राष्ट्रपति नै निर्वाचित भएका छन् । 

विक्रमासिंघेको जितप्रति धेरैले निराशा र बेखुसी व्यक्त गरेका छन् । ‘यो नतिजाबाट म पूरै स्तब्ध छु । जनप्रतिनिधि भनिएका एक सय ३४ सांसदले कसरी विक्रमासिंघेलाई मत दिए, मैले विश्वासै गर्न सकिरहेको छैन । उनीहरूले जनआवाजलाई अपमानित गरेका छन्,’ बिबिसीले आन्दोलनकारी जिना डे ज्वेसालाई उद्धृत गरेको छ । 

निर्वाचनको नतिजालगत्तै संसद्लाई गरेको सम्बोधनमा विक्रमासिंघेले देश अहिले विभाजित मनस्थितिमा रहेको भए पनि अब मिलेर काम गर्ने समय आएको बताएका छन् । ‘मानिसहरूले कति दुःख झेल्नुपरिरहेको छ, मलाई थाहा छ,’ उनले भने ।

राष्ट्रपति विक्रमासिंघेका चुनौती 
श्रीलंकामा अहिले सबैको ध्यान विक्रमासिंघे र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको जारी उद्धार वार्तामा छ । औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुसमेत किन्न नसक्ने अवस्थामा पुगेको श्रीलंकाको संकट विभाजित होइन, एकजुट श्रीलंकाले मात्रै पार लगाउन सक्नेमा विश्व समुदाय विश्वस्त छ । प्रदर्शनकारीलाई मनाएर साथ लिन विक्रमासिंघेलाई जति कठिन चुनौती छ,  दमनको बाटो त्योभन्दा अझ चुनौतीपूर्ण देखिन्छ । परिस्थितिलाई भड्काउने कुनै पनि कदमले आइएमएफसँगको उद्धार प्याकेजको वार्तालाई सफल बनाउनेछैन । आइएमएफलगायतका अन्तर्राष्ट्रिय सहयोग निकाय राजनीतिक अस्थिरताका बीच श्रीलंकालाई उद्धार गर्न आउने 

मनस्थितिमा छैनन् । जारी प्रदर्शनले पूर्ववर्ती सरकारका सम्पूर्ण मन्त्रीलाई राजीनामा दिन मात्रै बाध्य बनाएन, प्रदर्शनकै कारण राष्ट्रपतिले देशै छोडेर भाग्नुप¥यो । राजापाक्षका केही नातेदार पनि विदेश पलायन भएका छन् । 

(एजेन्सीको सहयोगमा)


 

ad
ad