मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ४ बुधबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वंशाणुगत रोगको अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल थाल्छु : स्वास्थ्य राज्यमन्त्री

Read Time : < 1 मिनेट
२०७९ श्रावण ४ बुधबार १४:००:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने बताएका छन् । वीर अस्पतालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् । 

उनले भने, ‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन नभएको पाइएको छ । वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधिसहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’

उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए । सो अवसरमा वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार निःशुल्क हुँदै आएको र यसले बिरामीलाई राहत पुगेको बताइन् । वंशाणुगत रोगका सन्दर्भमा सरकारले नीति–योजना तर्जुमा गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामबाबु यादव, वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालगायतले आफ्नो कुरा राखेका थिए ।