भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ। भाजपा मुख्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो।
भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। तीनदिने औपचारिक भ्रमणका क्रममा प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन्।