मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३२ शनिबार o९:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ताको ध्यान मौद्रिक नीतिमा : ४-१२ करोडको कर्जा सीमा परिमार्जन हुने अपेक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार o९:३३:oo

लगातार नेप्से सूचक उकालो लाग्दा लगानीकर्ता उत्साहित

शुक्रबार नेप्से परिसूचक सात दशमलव ९३ प्रतिशतले बढेर दुई हजार नौ दशमलव ४६ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ बिन्दुमा पुगेको छ । 

यससहित लगातार चौथो दिन पनि नेप्से सूचकमा हरियाली छाएको हो । लगातार नेप्से सूचक उकालो लाग्दा लगानीकर्ता उत्साहित बनेका छन् । यतिवेला लगानीकर्ताको ध्यान मौद्रिक नीतिमा छ । प्रधानमन्त्रीले गभर्नरसँगको भेटमा पनि सेयर लगानीकर्ताको समस्यालाई समाधान गर्न सुझाव दिएका छन् । लगानीकर्ता आउँदो मौद्रिक नीतिमा ४–१२ करोडको कर्जा सीमा परिमार्जन हुने अपेक्षामा रहेका छन् । बजारले पुनः दुई हजारको टेवा परीक्षण गरिरहेको छ । 

दुई घन्टा खुलेको बजारमा दुई सय ३१ वटा कम्पनीको ४० लाख कित्ताभन्दा बढी सेयर खरिद–बिक्री हुँदा एक अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको हो । त्यसैगरी, एभरेष्ट बैंक, किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी र अरुण काबेली पावरको चार करोड रुपैयाँदेखि ६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

शुक्रबारको कारोबारमा ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय चारवटा कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, माछापुच्छ्रे बैंकको ऋणपत्र र सानिमा बैंकको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी, नबिल ब्यालेन्स फन्ड, एनआइसी बैंकको ऋणपत्रको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, रिभरफल्स पावर, बोटलर्स नेपाल (तराई), युनाइटेड मोदी पावर, मितेरी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी र युनाइडेट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ३ प्रतिशतदेखि पाँच दशमलव ३१ प्रतिशतले घटेको छ ।