मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३२ शनिबार o६:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काभ्रे जिल्ला प्रशासनमा रावा बैंकको काउन्टर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार o६:३३:oo

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१औँ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । काउन्टरको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गरेकी हुन् । 

धुलिखेल शाखा कार्यालयमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । 

उक्त अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरू, पत्रकार महासंघ काभ्रेका उपसभापति विनोद न्यौपाने, बैंकका विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, बागमती प्रादेशिक प्रबन्धक ध्रुवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुंगेल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।

बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा दुई सय ५८ शाखा, ५१ एक्सटेन्सन काउन्टर, दुई सय ६८ एटिएम र एक सय दुई शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।