मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ असार ३२ शनिबार o७:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोहितको छक्काले ६ वर्षे बालिका घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार o७:१२:oo

भारतका रोहित शर्मा विशाल छक्का प्रहार गर्न खप्पिस छन् । रोहितले प्रहार गरेको छक्का मैदानबाहिर जाने सामान्य हो । कहिले उनले प्रहार गरेको बल यति शक्तिशाली हुन्छ कि जुन बल लाग्दा दर्शकदीर्घामा रहेका समर्थक घाइते हुन्छन् । इंग्ल्यान्ड र भारतबीच चलिरहेको एकदिवसीय सिरिजमा यस्तै घटना भएको छ ।

तेस्रो एकदिवसीय खेलमा रोहितले छक्का प्रहार गरेको बलबाट एक ६ वर्षे बालिका घाइते भइन् । रोहितले पुल सटका रूपमा छक्का हिर्काएका थिए । दर्शकदीर्घामा बसेकी मीरा सिल्भा बलले लागेर घाइते भइन् ।  

६ वर्षे बालिका सिल्भाको अनुहारमा बल लागेको थियो । सुरुमा बालिकाले ठूलै चोट बोकेको जस्तो देखिएको थियो । मैदानमा चिकित्सकले आफ्नो उपचार सुरु गरे । चिकित्सकहरूले पाँच मिनेट सिल्भाको उपचार गरेका थिए । सिल्भाको उपचार चलिरहँदा खेल पनि पाँच मिनेट नै आयोजकले रोकेको थियो । सिल्भा सुरक्षित रहेको खबर आएपछि भारत र इंग्ल्यान्डबीचको खेल पुनः सुचारु भयो । खेल समाप्तिपछि रोहितले ती बालिका सिल्भालाई भेटेर माफी मागे । 

रोहितको बलले नाक भाँचेको खेल
रोहितको बलले समर्थक घाइते भएको यो पहिलो घटना होइन । यसै वर्ष भारत र श्रीलंकाबीच बेंग्लोरमा भएको टेस्ट खेलमा रोहितले प्रहार गरेको छक्का बलले एक भारतीय समर्थकको नाक भाँचिएको थियो । रोहितले मिड विकेटमा छक्का प्रहार गरेको बल २२ वर्षीय गौरव विकासले क्याच समात्न कोसिस गरेका थिए । गौरवले क्याच लिन सकेनन्, बल सीधै उनको नाकमा लाग्यो ।