१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Thursday, 03 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २८ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भट्टराईकै त्यागका कारण एकता भयाे, छुट्टै बैठक बोलाउने रहर थिएन : महिन्द्र राय यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १५:२३:oo

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री महिन्द्र राय यादवले बाध्यतावश छुट्टै बैठक बोलाउनुपरेको बताएका छन्। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको काठमाडौंमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन्।

माओवादी पृष्ठभूमिका डा. भट्टराईकै त्यागका कारण जसपा बनेको भन्दै उनले त्यसको औचित्य पुष्टि गर्न छुट्टै बैठक बस्नुपरेको बताए। विधान बनाउनुअघि संघीय परिषद् अध्यक्ष पहिलो नम्बरमा हुने सहमति भए पनि पार्टी घोषणाको दिन भट्टराई आफैँले आफ्नो नाम काटेर चौथो नम्बरमा राखेकाले नै एकता सम्भव भएको यादवले बताए।

‘विधान बनाउनुपूर्व दुवै पक्षबाट एउटा सहमति भएको थियो। अहिले पनि हाम्रो विधानमा संघीय परिषद् अध्यक्ष सबैभन्दा माथि रहन्छ। एक नम्बरको नेता हो संघीय परिषद् अध्यक्ष। दुई नम्बरमा महन्थ ठाकुर र तीन नम्बरमा उपेन्द्र यादव रहने सहमति भएको थियो,’ उनले भने, ‘यो एकताको स्रोत भनेको डा. बाबुराम भट्टराई हो, नत्र एकता हुनेवाला थिएन। त्यो त्याग र बलिदान गर्ने व्यक्तिले किन यो विस्तारित बैठक बोलाउनुपर्‍याे ? त्यसको औचित्य हामीले पुष्टि गर्नुपर्छ। हामीले त्यसै बोलाएका होइनौँ। हामीलाई कुनै रहर थिएन, कुनै इच्छा थिएन। हमीलाई विवश बनाइयो।’