सूर्यविनायक नगरपालिका–८, सूर्यविनायक बस्ने ३० वर्षीय निरबिकार प्रजापतिलाई १ हजार दरका १३ थान नक्कली नेपाली नोटसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा नक्कली नोट छ भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।